सुनचाँदी व्यवसायीले देशभरका पसल बन्द गरे

 जेठ २९, २०८२ बिहीबार १८:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सुनचाँदी व्यवसायीहरूले आज देशभरका सुनचाँदी पसल बन्द गरेका छन् ।

सरकारको ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आन्दोलन गर्दै आएका व्यवसायीहरूले आज पसल बन्द गरेका हुन् । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको उनीहरूको भनाइ छ ।

व्यवसायीहरूले सुनचाँदी विलासिताको सामान हैन भन्ने प्लेकार्ड बोकेर काठमाण्डौमा प्रदर्शनसमेत गरेका छन् ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया