सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदाे सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी–२० शृङ्खला खेल्ने जानकारी गराएकाे हाे ।
टी–२० शृङ्खला शारजाह क्रिकेट मैदानमा हुनेछ । खेलहरू तटस्थ स्थानमा खेलाइए पनि नेपाल शृङ्खलाको आधिकारिक आयोजक हुनेछ ।
दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिज अहिले टी–२० वरीयतामा पाँचौं स्थानमा छ भने नेपाल १८औं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।