देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित
साउन २, २०८२ शुक्रबार
काठमाण्डाै – भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को विजय उत्सवका लागि दिशानिर्देशहरू तयार पार्ने तयारी गरेको छ ।
आईपीएल २०२५ को विजय उत्सवमा मनाउने क्रममा बेङ्गलुरुमा भएको भागदौडमा ११ जनाको समर्थकको ज्यान गएपछि बीसीसीआईले दिशानिर्देशहरू तयार पार्ने तयारी गरिरहेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पहिलो पटक आईपीएल उपाधि जितेको अवसरमा भएको भागदौडमा ५० जनाभन्दा धेरै घाइते भएका थिए ।
बीसीसीआईले अवसरको भावनालाई कमजोर नबनाई ट्रफी उत्सवलाई नियमन गर्ने तरिकाहरू खोजिरहेको खबरमा उल्लेख छ ।
यसैबीच बेङ्गलुरु भागदौड घटनामा पक्राउ परेका आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेले अन्तरिम जमानत पाएका छन् । तर उनलाई राहदानी समर्पण गर्न भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।