दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको उत्तर कोरियाको दाबी

 जेठ ३०, २०८२ शुक्रबार १५:९:४३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

उत्तर कोरियाले दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको दाबी गरेको छ । झन्डै एक महिनाअघि पहिलो प्रक्षेपण प्रयासका क्रममा डुबेको ५ हजार टन क्षमताको युद्धपोत दोस्रो प्रयासमा सफलतापूर्वक प्रक्षेपण भएको राज्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनले गएको मे महिनामा युद्धपोतको असफल प्रक्षेपणप्रति आक्रोशित प्रतिक्रिया जनाउँदै छिटो मर्मत गर्न माग गर्नुभएको थियो । यस घटनाको सम्बन्धमा तीन शिपयार्ड अधिकारी र एक वरिष्ठ अधिकारी गरी कम्तीमा चार जना पक्राउ परेका छन् ।

राज्य सञ्चालित सञ्चारमाध्यमले जहाज अब पूर्णरूपमा पुनर्थापित भइसकेको बताएका छन् । तर विज्ञहरूले मर्मत साँच्चै पूरा भयो कि भएन भनेर प्रश्न गरिरहेका छन् । किम र उहाँकी छोरी किम जु एले देशको उत्तरमा रहेको राजिन बन्दरगाहमा प्रक्षेपणको निरीक्षण गर्नुभएको उत्तर कोरियाको राज्य समाचार एजेन्सी ‘केसीएनए’ ले जनाएको खबरमा उल्लेख छ ।

यो युद्धपोत उत्तर कोरियाले गएको वर्ष निर्माण गरेको र अप्रिलदेखि प्रक्षेपण गरिएको दुई नयाँ ५ हजार टन क्षमताको विनाशक युद्धपोतमध्ये एक हो ।

यसैबीच किमले आणविक हतियारयुक्त नौसेना विकास गर्ने कामलाई प्राथमिकतामा राख्नुभएको छ र आउँदा वर्षमा यस्ता दुई वटा विनाशक युद्धपोत निर्माण गर्ने योजना रहेको बताउनुभएको छ ।

केसीएनएका अनुसार किमले युद्धपोतको प्रारम्भिक असफल प्रक्षेपणले उत्तर कोरियाको सैन्य आधुनिकीकरण कार्यक्रमलाई पछाडि नधकेलेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया