सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई आउँदो वर्ष तलब, पोशाक र रासनमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
काठमाण्डाैमा आजदेखि शुरू भएकाे अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बाेल्दै उहाँले देशको स्रोत/साधन र बजेटको अवस्थालाई हेरेर तुलनात्मक रूपमा बढी नै बजेट विनियोजन गरेको बताउनुभयाे ।
यसअघि ८/९ महिनासम्मका लागि तलब, पोशाक, रासनको व्यवस्था हुने; ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको गृहमन्त्री लेखककाे भनाइ छ ।
अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति सुरक्षा कायमलगायतका पक्षमा जिम्मेवार बन्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।