धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डाै – न्याय परिषद्ले उच्च अदालतका चार जना न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।
आज बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिश गरेको हो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा र उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश कुँवरलाई उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिश भएका छन् ।
त्यस्तै अहिले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा रही काजमा तुलसीपुर इजलासमा रहेका भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत तिवारीलाई उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा सिफारिश भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।