भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख विपक्षी माओवादीबीच २ बुँदे सहमति

 जेठ ३०, २०८२ शुक्रबार १६:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तारूढ नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच आज सहमति भएको हो  ।

प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेपछि बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकोले यस विषयलाई आयोगले निष्कर्षमा पुर्‍याउने र यस विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम सरकारले आवश्यक सहयोग गर्ने पहिलाे बुँदामा उल्लेख छ ।

साथै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकाले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न पहल गर्ने सहमति भएकाे छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भने आफूहरूकाे ५ बुँदे माग यथागत् रहेकाे र संसद् अवराेध गर्ने बताउनुभएकाे छ ।

अन्तिम अपडेट: असार ३२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया