विश्व टेस्ट च्याम्पियनशिप फाइनल : अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियाे २ सय ८२ रनकाे लक्ष्य

 जेठ ३०, २०८२ शुक्रबार १७:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

लन्डनको लर्ड्स क्रिकेट मैदानमा भइरहेको फाइनलको दोस्रो पारीमा अस्ट्रेलिया तेस्रो दिनको खाना समयअघि २ सय ७ रनमा अलआउट भयो । अस्ट्रेलियाका मिचेल स्टार्कले नटआउट ५८ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रवाडाले ४, लुङ्गी एनगिडीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा बेउ वेबस्टेरको ७२, स्टिभ स्मिथको ६६ रनको मद्दतमा २ सय १२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रबाडाले ५, मार्काे यान्सेनले ३ विकेट लिए ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो पारीमा डेभिड बेदिङ्घमको ४५ रनको मद्दतमा १ सय ३८ रन बनाएको थियो । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिए ।

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया