इजरायल र इरानलाई संयम अपनाउन विश्व नेताहरूको आग्रह

 जेठ ३०, २०८२ शुक्रबार १८:३५:१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

इजरायलले इरानमा आणविक केन्द्र र सैन्य ठाउँहरूमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या गरेपछि विश्व नेताहरूले संयम अपनाउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई इजरायलले इरानमाथि आक्रमण गर्नेभन्दा पहिले नै आफूलाई जानकारी भएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ट्रम्पले इरानले बदला लिएमा अमेरिका आफू र इजरायलको रक्षा गर्न तयार रहेको पनि बताउनुभएको खबरमा उल्लेख छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई अधिकतम संयम देखाउन, कुनै पनि हालतमा गहिरो द्वन्द्वमा नडुब्न आग्रह गर्नुभएको उहाँका प्रवक्ताले बताउनुभयो ।

यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुवै देशलाई क्षेत्रीय शान्ति र स्थिरतालाई बढावा दिने कार्यहरू गर्न तथा तनावलाई थप बढ्न नदिने आह्वान गर्नुभएको छ ।

यस्तै फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले दुवै देशलाई कुनै पनि तनावबाट जोगिन आग्रह गर्नुभएको छ ।

यस्तै कतारले इरानमाथि भएको इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गरेको छ । कतारको विदेश मन्त्रालयले दुई देशबीचको तनावले क्षेत्रीय सुरक्षा र स्थिरतालाई धम्की दिने तथा तनाव कम गर्ने र कूटनीतिक समाधानमा पुग्ने प्रयासहरूमा बाधा पुर्‍याउने बताएको छ । यस्तै बेलायती प्रधानमन्त्रीले तनाव तुरुन्त घटाउन दुवै देशलाई आग्रह गर्नुभएको छ ।

यसैबीच इरानको बदलाको डरले इजरायलीहरूले खाना र पानीको भण्डारण गर्न थालेका बीबीसीले जनाएको छ । जेरुसेलमका सुपरमार्केटहरूमा सामानहरू द्रुत गतिमा सकिरहेका छन् । मानिसहरूले सबैभन्दा धेरै खाना र पानीको भण्डार गरिरहेका छन् । इजरायली सेनाले इरानले एक सयभन्दा धेरै ड्रोन प्रहार गरेको बताएको छ ।

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया