अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – नेपालले इरान र इजरायलबीच विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर दुई देशबीचकाे परिस्थितिलाई नजिकबाट नियालिरहेकाे जानकारी गराएकाे छ ।
मन्त्रालयले दुवै पक्षलाई तनावबाट बच्न तथा शान्ति र स्थायित्वका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेकाे छ । ‘वार्ताका लागि कूटनीतिक माध्यम विकल्प हुन्छ र अहिलेकाे स्थितिलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।
यस्तै परराष्ट्र मन्त्रालयले दुवै देशमा रहेका नेपालीहरूलाई त्यस क्षेत्रको अवस्थाबारे जानकार रहन, पर्याप्त सावधानी अपनाउन र स्थानीय निकायहरूसँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।
इजरायलले आज बिहान इरानमा आणविक केन्द्र र सैन्य ठाउँहरूमा आक्रमण गर्दा आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको ज्यान गएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।