सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभर रक्तदाता दिवस मनाउने गरिन्छ ।
मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ तारिखको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।
पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो । यो दिवसको मुख्य उद्देश्य सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउनु र रक्तदान गर्न प्रेरित गर्नु रहेको छ ।
साथै आजको दिन रक्तदातालाई धन्यवाद दिने दिनका रुपमा पनि मनाउने गरिन्छ । यस वर्षको दिवस ‘रक्तदान गरौँ, आशा जगाऔँ, सबै मिली जीवन बचाऔँ’ रहेको छ ।
देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेका छन् ।
ब्लड डोनर्श एशोसिएशन नेपाल (ब्लोदान) ले सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा मुख्य समारोहको आयोजना गरीएको ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।