बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलसँग हिजो भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुने बताउनुभएको छ ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको दाबी गर्नुभयो ।
भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको उहाँको भनाइ छ । साथै उहाँले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो नरहेको उल्लेख गर्नुभयो ।
गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभामा हुँदै आएको अवरोध हटाउन हिजो प्रमुख प्रतिपक्ष माओवादी र सत्तारुढ दलबीच दुई बुँदे सहमति भएको थियो ।
सहमतिपछि हिजोको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफ्नो जवाफ राख्नुभयो । तर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले बैठकमा अवरोध गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।