दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हरायो । उपाधि जित्न दुई सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो पारीमा पाँच विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका लागि ओपनगर ब्याटर एडेन माक्ररमले एक सय ३६ रनको शतकीय पारी खेले । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन, कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।
अस्ट्रेलियाले समग्रमा दुई सय ८२ रन बनाएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
सन् २०१९ देखि शुरू भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।