पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा प...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसलमा माइक्रोबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ जना पुरुष घाइते भएका छन् । घाइतेहरुको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौबाट चितवनका लागि छुटेको बा३ख ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट झन्डै ८० मिटर तल खसेको थियो । माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ नीलबाराही गण काठमाण्डौबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।