अमेरिका–इरानबीच आज हुने भनिएको परमाणु वार्ता रद्द : ओमानका विदेशमन्त्री

 असार १, २०८२ आइतबार ६:१२:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गर्नुभएको छ । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ ।

कूटनीति र संवाद नै स्थायी शान्तिको एक मात्र बाटो रहेको तर अहिलेको परिस्थितिलाई हेर्दा अमेरिकासँग वार्ता जारी राख्नु नहुने ओमानको भनाइ छ । ओमानले अमेरिका र इरानबीच इरानको परमाणु कार्यक्रमसम्बन्धी वार्ता गर्न मध्यस्थता गरिरहेको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरुको लक्ष्य इरानबाट उत्पन्न हुने परमाणु तथा ब्यालिस्टिक मिसाइलजस्ता दोहोरो खतरा रोक्नु हो भएको बताउनुभएको छ । इरानले २० हजार मिसाइल उत्पादन गर्ने क्षमता बनाउन लागेको नेतन्याहुनको दाबी छ । त्यसैले इजरायलले इरानको उत्पादन क्षमतालाई नष्ट गर्नका लागि कारबाही गरेको बताउनुभएको खबरमा उल्लेख छ । चाँडै तेहरानको आकाशमा इजरायली विमान, वायुसेना, र आफ्ना पाइलटहरू देखिने राष्ट्रपति नेतन्याहुले चेतावनी दिनुभएकाे छ ।

यसैबीच इरानका राष्ट्रपति मसूद पेजेश्कियानले चेतावनी दिंदै यदि इजरायलले आक्रमण जारी राख्यो भने, अझ ‘कडा’ प्रतिकारको लागि तयार रहनु पर्ने बताउनुभएकाे छ । गएको बिहिवार इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच अहिले तनाब बढीरहेको छ । 

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया