प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

 असार १, २०८२ आइतबार ७:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् । सम्बन्धित सरकारका आर्थिक मामिला मन्त्रीले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्नेछन् ।

कोशीले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउँदैछ । उसको चालू आर्थिक वर्षको बजेट झन्डै ३५ अर्ब २८ करोड थियो । त्यस्तै मधेस र बागमतीले आकार बढाएर बजेट ल्याउन लागेका छन् । मधेसले चालू आर्थिक वर्षका लागि झन्डै ४४ अर्बको बजेट सार्वजनिक गरेको थियो ।

बागमतीले चालू आर्थिक वर्षमा ६३ अर्ब हाराहरीमा बजेट ल्याएकोमा यसपाली केही बढाउने तयारी गरेको छ । गण्डकीले चालू आर्थिक वर्षको तुलनामा बजेट घटाउन लागेको छ । अघिल्लो वर्ष गण्डकीले झन्डै ३३ अर्बको बजेट ल्याएको थियो ।

लुम्बिनीले बजेटमा समृद्धिसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । उसको चालू बजेट झन्डै ३९ अर्बको थियो । कर्णालीले चालू आर्थिक वर्षकै हाराहारीमा रहेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कर्णालीको चालू बजेट ३१ अर्ब ४१ करोड रुपैयाँ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधारमा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । उसको चालू बजेट ३० अर्ब हाराहारी थियो । सुदूरपश्चिम र कोशी प्रदेश सरकारले सांसदलाई समेत बजेट छुट्टाउने तयारी गरेका छन् । सङ्घ सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र पालिकाले असार १० भित्र सम्बन्धित सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया