बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।
नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी २०८१ असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । शनिवार राति १२ बजेबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।
नेपालबाट भारततर्फ भने यसअघिदेखि नै निर्यात शुरु भइसकेको छ । हिउँदमा नेपालमा विद्युत् कम उत्पादन हुने भएपछि बर्खामा मात्रै निर्यात गर्ने सम्झौता छ । भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौता पत्रको अवधि पाँच वर्षको छ ।
नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच भएको सम्झौताअनुसार दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० सेन्ट पाउनेछ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ । प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले बङ्गलादेशबाट निश्चित शुल्क पाउनेछ । विद्युत् निर्यात गरेबापत पाँच महिनामा प्राधिकरणले ९४ लाख डलर आम्दानी गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।