लोक सेवा आयोगको आज ७५ औँ वार्षिकोत्सव : यसवर्ष आयोगले हीरक महोत्सवका रूपमा मनाउँदै

 असार १, २०८२ आइतबार ८:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लोक सेवा आयोग स्थापनाको आज ७५औँ वार्षिकोत्सव, आयोगले यसवर्ष हीरक महोत्सवका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । आयोगले सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्दै आएको छ ।

केन्द्रीय कार्यालयसहित काठमाण्डौमा तीन र काठमाण्डौ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । हीरक महोत्सवको अवसरमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा अतिरिक्त कार्यक्रम गरिसकेको पनि आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले ‘योग्यता, स्वच्छता, निष्पक्षताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने आदर्श वाक्यका साथ तोकिएको जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । आयोगको औपचारिक स्थापना २००८ असार १ गते भएको हो । शुरुमा यसको नाम ‘पब्लिक सर्भिस कमिसन’ थियो ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया