इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

 असार १, २०८२ आइतबार ९:१२:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले इजरायलमा गरेको नयाँ मिसाइल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । ५४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । इजरायली आपतकालीन सेवा संस्था मागेन डेभिड एडोमका अनुसार इरानले आज बिहानै इजरायलमा गरेको व्यालेस्टिक मिसाइल आक्रमणमा सबैभन्दा बढी ताम्रा र बाटयाम क्षेत्र प्रभावित भएका छन् ।

ताम्रामा पाँच जना र बाटयाममा एक जनाको ज्यान गएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । बाटयाममा एक आवासीय भवनमा सीधा मिसाइल प्रहार भएकोले ठूलो क्षति पुगेको खबरमा उल्लेख छ । नागरिकहरू भग्नावशेषमा फसेका छन् ।

उद्धारकर्मीले उनीहरुलाई सुरक्षित निकाल्ने प्रयास गरिरहेका छन् । यो आक्रमण गएको तीन दिनभित्र इरानले गरेको छैटौं व्यालेस्टिक मिसाइल आक्रमण हो । इरानले इजरायलका प्रमुख शहरलाई निशाना बनाएर जवाफी आक्रमण गरेको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया