फिफा क्लब विश्वकप : उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले बराबरी खेले

 असार १, २०८२ आइतबार ८:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – फिफा क्लब विश्वकप आजदेखि शुरू भएको छ । अमेरिकाको फ्लोरिडामा आज बिहान भएको उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

विश्व फुटबल महासङ्घ (फिफा)ले यो वर्षदेखि नयाँ ढङ्गले फिफा क्लब विश्वकप शुरु गरेको हो । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । तर यसपटकदेखि प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले अर्को चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया