पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा प...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ । ती क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै सप्तरीको रुपनी बजार क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धनकुटा, सिन्धुली, सप्तरीसहित आज विभिन्न १५ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, सप्तरी, खोटाङ, काभ्रे, लमजुङ, कास्की, पर्वत, बाग्लुङ्ग, कैलाली र कञ्चनपुरका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकाका ललितपुर र भक्तपुरमा पनि बाढीको मध्यम जोखिम छ ।
पूर्वी नेपालबाट गएको जेठ १५ मा प्रवेश गरेको मनसुन मध्य क्षेत्र हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ । कोशीसहित मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । पछिल्लो दुई/तीन दिनयता पानी पर्ने क्रम केही बढेको छ । विशेषगरी मनसुन सक्रिय भएका क्षेत्रमा निरन्तरजसो पानी परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।