उमेर नपुगेकालाई सामाजिक सुरक्षा भत्ता वितरण, १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार १, २०८२ आइतबार १८:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समिति कार्यालयका तत्कालीन अध्यक्ष अजुकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेका आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

२०५७ देखि २०७२ सालसम्म सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुगेका १९ जनालाई भत्ता कार्ड उपलब्ध गराएको अख्तियारको आरोप छ । अख्तियारले तत्कालीन गाविस अध्यक्ष श्रीवास्तव, गाविस सचिव सावितराय कुर्मी, अशोककुमार श्रीवास्तवसहित सामाजिक सुरक्षा भत्ता बुझ्नेलाई पनि विपक्षी बनाएको छ ।

उमेर नपुगेकालाई भत्ता दिएर राज्यलाई ६ लाख ५६ हजार ७ सय रुपैयाँ नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अध्यक्ष श्रीवास्तवसँग ६३ हजार  ६ सय, सचिव कुर्मीसँग ६ लाख ५६ हजार र सचिव श्रीवास्तवसँग ५८ हजार रुपैयाँ बिगो दाबी गरेको छ । भत्ता लिनेसँग पनि ३० देखि ६३ हजार रूपैयाँसम्म बिगो दाबी गरेको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया