फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ बालाजुमा सकुशल फेला

 असार २, २०८२ सोमबार १४:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – फेसबुकमा ‘अलबिदा’ सहित सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिनुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार डा. श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिनुभएको हो । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन हुनुभएको थियो ।

डा. श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएकोलगायतका विभिन्न आरोप लगाउनुभएको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया