अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल अक्टोबर ५ मा श्रीलङ्काको कोलम्बोमा हुने तय भएको छ ।
महिला एकदिवसीय विश्वकप सेप्टेम्बर ३० मा शुरू हुने तालिका छ । भारतले सन् २०१३ पछि पहिलो पटक महिला एकदिवसीय विश्वकप आयोजना गर्दैछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको हाइब्रिड सम्झौता अनुसार पाकिस्तानले आफ्ना सबै खेलहरू कोलम्बोमा खेल्नेछ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनावका कारण पाकिस्तानका खेलहरू तटस्थ मैदानमा हुन लागेको हो । यसअघि भारतले च्याम्पियन्स ट्रफीमा आफ्ना खेलहरू पाकिस्तानको सट्टा यूएईको दुबईमा खेलेको थियो ।
नोभेम्बर २ सम्म सञ्चालन हुने विश्वकपमा भारतमा हुने खेलहरू बेङ्गलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्टनममा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल गुवाहिटी वा कोलम्बो र फाइनल बेङ्गलुरु वा कोलम्बोमा हुनेछ ।
महिला विश्वकपमा आयोजक भारतसहित अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान सहभागी हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।