सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
बेलायती विदेशी गुप्तचर एजेन्सी एमआई–६ ले १ सय १६ वर्षको इतिहासमा पहिलो महिला प्रमुख नियुक्त गरेको छ । सन् १९९९ मा गोप्य गुप्तचर सेवामा सामेल हुनुभएकी ४७ वर्षीया ब्लेज मेट्रेवेलीले एमआई–६ को नेतृत्व गर्न लाग्नुभएको बीबीसीले जनाएको छ ।
एमआई–६ का वर्तमान प्रमुख सर रिचर्ड मूरले पाँच वर्षको कार्यकालपछि यस वर्षको अन्त्यतिर पद छाड्दै हुनुहुन्छ । गुप्तचर एजेन्सीको १८औं प्रमुख बन्न लाग्नुभएकी मेट्रेवेलीले आफ्नो करियरको धेरैजसो समय मध्यपूर्व र युरोपमा सञ्चालन भूमिकामा बिताउनुभएको खबरमा उल्लेख छ । उहाँ अहिले सेवामा प्रविधि र नवीनताको जिम्मेवारीमा हुनुहुन्छ र उहाँले नेतृत्व गर्न आग्रह गरिएकोमा गर्व र सम्मानित महसूस गरेको बताउनुभएको छ ।
यसैबीच जी–७ शिखर सम्मेलनका लागि अहिले क्यानडामा रहनुभएका प्रधानमन्त्री केयर स्टारमरले मेट्रेवेलीको नियुक्ति बेलायतले अभूतपूर्व स्तरमा खतराहरूको सामना गरिरहेको बेला आएको बताउनुभएको छ ।
सन् १९०९ मा स्थापना भएको एमआई–६ लाई बेलायतको सुरक्षा सुधार गर्न विदेशमा गुप्तचर जानकारी सङ्कलन गर्ने जिम्मेवारी दिइएको छ । यसको मुख्य उद्देश्य आतङ्कवाद रोक्नु, शत्रुतापूर्ण राज्यहरूको गतिविधिमा बाधा पुर्याउनु र साइबर–सुरक्षा बलियो बनाउनु हो । यसको प्रमुखलाई सामान्यतया ‘सी’ भनेर चिनिन्छ ।
मेट्रेवेलीको सबैभन्दा ठूलो चुनौती भनेको रुस, चीन र इरान र उत्तर कोरियासँगको व्यवहार हुने सम्भावना छ । भौगोलिक रूपमा यी चार राष्ट्रहरूले विश्वभर बेलायत र पश्चिमी हितहरूलाई कमजोर पार्न अझ नजिकबाट सहकार्य गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।