शेयर बजार सामान्य बढ्यो, कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरै

 असार २, २०८२ सोमबार १६:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो खासै घटबढ नभएको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८० अङ्कले बढेर २ हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ११ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ३ करोड ३६ लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरै हो । यसअघि फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको शेयर करोबार भएको थियो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया