नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं खेल खेल्दै

 असार २, २०८२ सोमबार १६:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर, आईसीसी

काठमाण्डाै – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज सयौं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेल नेपालको सयौं टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।

नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको शुरुआत गरेको थियो । त्यो खेल नेपालले जितेको थियो । त्यसयता खेलेका ९९ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ५५ खेलमा विजयी भएको ५ भने ३९ खेलमा पराजित भएको छ । यस्तै २ खेल बराबरीमा सकिँदा ३ खेल नतिजाविहीन भएको छ ।

नेपालका लागि सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । तीनै जनाले समान ७८ खेल खेलेका छन् । सोमपाल नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा टोलीका सदस्य थिए तर उनले चोटका कारण त्रिदेशीय शृङ्खला गुमाउने भएका छन् ।

अहिलेसम्म ४९ जना खेलाडीले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । पछिल्लो पटक नन्दन यादवले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

त्रिदेशीय शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल बेलुकी पौने ८ बजे शुरू हुनेछ । शृङ्खलाको पहिलो खेलमा हिजो घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया