बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डाै – राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आफ्नो स्थापनाको अवसर पारेर आज ११औं चुरे संरक्षण दिवस मनाएको छ । सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शुरू गरेकोमा २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको हो ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासीको कावासोतीमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको समितिले जनाएको छ । समितिकै अग्रसरतामा चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको छ । गुरुयोजनामा वातावरण संरक्षणदेखि नदी प्रणालीको व्यवस्थापन र कृषि प्रणालीदेखि जैविक विविधताको विषय यसले समेटेको छ ।
चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबैभन्दा कान्छो पहाड हो । यो सबैभन्दा कमलो र सबैभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो । यो झन्डै चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको बताइन्छ ।
देशको झन्डै १३ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्र पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३६ वटा जिल्लामा फैलिएको छ । १० देखि ५० किलोमिटर चौडाइ रहेको चुरे आठ सय किलोमिटर लामो छ ।
यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको विज्ञहरू बताउँछन् ।
चुरे सकिनेबित्तिकै भावर र त्यसपछि तराईको समथर भूभाग रहेको छ । अन्न भण्डारका रूपमा रहेको तराई मधेश जोगाउन चुरेको भूमिका महत्त्वपूर्ण छ । चुरेले तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेको विज्ञहरू बताउँछन् ।
चुरेको जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरोको जोखिम उच्च हुन्छ । जैविक विविधताको दृष्टिकोणबाट पनि चुरे उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
नेपालमा पाइने एक हजार नाै सय १८ प्रजातिमध्ये एक हजार तीन सय आठ प्रजाति चुरे तथा तराई मधेश क्षेत्रमा पाइन्छन् । पछिल्लो समयमा चुरेमा दोहन बढ्दै जाँदा त्यहाँ पहिरो र तराईमा बाढी तथा डुबानसँगै भूमिगत जलसतह घट्दै गएको विज्ञहरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।