पत्रकार पाठकलाई कानूनबमोजिम बाहेक धरपकड नगर्न उच्च अदालतकाे आदेश

 असार २, २०८२ सोमबार १८:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई कानूनबमोजिम बाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको इजलासले आज पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश दिएको हो ।

आफूमाथि जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले हिजो उच्च अदालत पाटनमा रिट निवेदन दिनुभएको थियो । यस्तै अदालतले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि आउँदो बिहीवार बोलाएको छ ।

पाठकले काठमाण्डौको हिल्टन होटल र नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाका छोरा जयवीरसिंहलाई जोडेर भिडियो सामग्री प्रस्तुत गरेपछि उहाँविरुद्ध गएको जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया