पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : चालक घाइते

 असार ३, २०८२ मंगलबार ६:४८:८ | रासस
unn.prixa.net

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम/थर नखुलेका ४५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारकाक्रममा ज्यान गएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगर–११ का ३० वर्षीय राजु खड्का घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन ।

अन्तिम अपडेट: साउन २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया