बङ्गलादेशका अलराउन्डर शकिब अल हसनमाथि यात्रा प्रतिबन्ध

 असार ३, २०८२ मंगलबार १५:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

बङ्गलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसनमाथि ढाकाको एक अदालतले यात्रा प्रतिबन्ध लगाएको छ । अदालतले भ्रष्टाचार मुद्दामा अवामी लिगका पूर्वसांसद तथा क्रिकेटरबाट राजनीतिज्ञ बनेका शकिबसहित अन्य १५ जनामाथि यात्रा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका दुई छुट्टाछुट्टै निवेदनहरूमा सुनुवाइपछि ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश मोहम्मद जाकिर हुसेनले यो आदेश जारी गर्नुभएको खबरमा उल्लेख छ ।

निवेदनमा शकिब र अन्यले शेयर बजारमा अवैध लगानी गरेको आरोप लगाइएको छ । यो बङ्गलादेशको शेयर बजार नियमको उल्लङ्घन हो ।

शकिब अल हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्वसांसद हुन् । गएको वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनालाई पदच्युत गरिएदेखि नै यी अलराउन्डर विवादमा परेका छन् ।

यस वर्षको शुरूमा ढाकाको एक अदालतले चेक ठगी मुद्दाको सम्बन्धमा शकिब अल हसनमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

भर्खरै पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सबाट खेलेका शकिब सरकारको बर्खास्तीपछि बङ्गलादेश फर्किएका छैनन् ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया