अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत विश्वभरका लाखौं दम्पती इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक देखिएको जनाएको छ ।
प्रतिवेदनले यसमा आर्थिक तथा सामाजिक बाधा, शिक्षा,सुरक्षालगायतलाई मुख्य कारणका रुपमा उल्लेख छ ।
सार्वजनिक पछिल्लो प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ देशमा गरिएको अध्ययनबाट हरेक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा जन्माउन नपाएको उल्लेख छ । बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको चिन्ताले विश्वभर प्रजनन दर घट्दो छ ।
यसैगरी जीवनयापनका लागि बढ्दो खर्च, रोजगारीको असुरक्षा, प्रजनन स्वास्थ्य सेवामा सीमित पहुँच र विश्वव्यापी सङ्कटजस्तै युद्घ र जलवायु परिवर्तन यसका थप कारक रहेका छन् ।
नेपालको अवस्था र कारणहरू विश्वव्यापी अरू कारणहरू जस्तै रहेका प्रतिवेदनमा उल्लेख छ । ‘दुई वा त्यो भन्दा धेरै बच्चा जन्माउने इच्छा राखे पनि दम्पतीले कम बच्चा जन्माइरहेका पाइएको र यो प्रवृत्ति नेपालभित्रै पनि छ । नेपालको कुल प्रजनन दर दुईभन्दा कम घटेको छ र यो आँकडा सबै भौगोलिक क्षेत्र, शिक्षित–अशिक्षित, आय समूहमा उस्तै रहेको छ ।’ प्रतिवेदनमा उल्लेख छ ।
नेपालका लागि यूएनएफपीए प्रतिनिधि वन योङ होङले विश्वभर धेरै दम्पतीले आफूले इच्छा गरेको परिवारको सङ्ख्या बनाउन नसकिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अवस्था पनि योभन्दा फरक छैन । कोही आमाबुबा बन्नबाट वञ्चित छन् भने केहीलाई बाध्यात्मक रूपमा आमाबुबा बन्नुपरेको छ ।
आफूले कल्पना गरेको परिवार बनाउन सक्ने अनुकूल वातावरण र सहज अवसरको उपलब्धताको कुरा हो । तलबसहितको पारिवारिक बिदा, प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच, बाल हेरचाह सुविधा र सहयोगी जीवनसाथी यी आवश्यक आधारहरू हुन् । ’
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.आरपी बिच्छाले जनसङ्ख्याको यो अवस्थालाई ध्यानमा राखेर नीतिहरूमा पुनर्विचार गर्नुपर्ने देखिएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले नेपालको प्राथमिकता समावेशी र समानतामा आधारित विकास रहेकोमा जोड दिनुएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।