अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ । उहाँले बल्ल युद्ध शुरू भएको चेतावनी समेत दिनुभएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने सुझाव दिनुभएको थियो । त्यसपछि खोमिनीले कडा जवाफ दिनुपर्ने भन्दै युद्ध नरोक्ने बताउनुभएको हो ।
ट्रम्पले इरान र इजरायलबीचको द्वन्दमा अमेरिका संलग्न भए इरानले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिनुभएको छ ।
अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, पछिल्लो आक्रमणमा अमेरिकाले अहिलेसम्म आधिकारिक रुपमा आफ्नो सहयोगबारे बोलिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।