पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा प...
असार २५, २०८२ बुधबार
अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी सेना प्रमुख असीम मुनिर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको छ । यस समयमा मिडियाको उपस्थित नहुने बीबीसीले जनाएको छ ।
पाकिस्तानी सेना प्रमुख मुनिर जुन १४ देखि अमेरिका भ्रमणमा रहनुभएको छ । ट्रम्पसँगको उहाँको भेट पहिले नै तय गरिएको थियो । यद्यपि ट्रम्प र मुनिरको भेट इरान र इजरायलबीच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देशहरू हुन् ।
इरानी मिडियाका अनुसार मुनिरले यही मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेट्नुभएको थियो । बघेरीको जुन १३ मा इजरायली हवाई आक्रमणमा ज्यान गएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट गर्नुभएको छ । क्यानडाको निमन्त्रणामा जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीले क्यानडा पुग्नुभएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले इन्स्टाग्राममार्फत प्रधानमन्त्री मार्क कार्नीसँग भेटवार्ता भएको जानकारी दिँदै जी–सेभेन शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा क्यानडा सरकारलाई बधाई दिनुभएको छ ।
साथै उहाँले भारत र क्यानडा लोकतन्त्र, स्वतन्त्रता र कानूनको शासनमा बलियो विश्वास जोडिएको उल्लेख गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले भारत–क्यानडा मित्रतालाई तीव्र बनाउन सँगै काम गर्न तयार रहेको बताउनुभएको छ ।
क्यानडाका प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा यस बैठकको क्रममा दुवै नेताहरूले नयाँ उच्चायुक्तहरूलाई मनोनयन गर्न सहमत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।