बाढी र पहिरोले पाँच वटा सडक अवरुद्ध, तीन वटा एकतर्फी

 असार ४, २०८२ बुधबार १२:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका पाँच वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ ।

यस्तै डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसैगरी धनकुटाको रवि राके भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडक खण्ड एकतर्फी बनेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया