त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज स्कटल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

 असार ४, २०८२ बुधबार १३:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्कटल्यान्ड चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज घरेलु टोली र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

अस्ति सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा हिजो स्कटल्यान्डलाई २ विकेटले हरायो । जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डको समान २ अङ्क छ ।

नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया