राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ खिच्दै, बैंकहरूमा निक्षेप ७० खर्ब नाघ्यो

 असार ४, २०८२ बुधबार १५:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ३७ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्ष २०८१/८२ को शुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले बैंकहरूको कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ । पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम चार खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा सात खर्ब रुपैयाँ हाराहारी तरलता अर्थात् लगानीयोग्य रकम रहेको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया