त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा धेरै सुनसहित भारतीय नागरिक पक्राउ

 असार ४, २०८२ बुधबार १५:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले काठमाण्डाैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गएराति एक किलो एक सय ६० ग्राम सुनसहित भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंहलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उनी शारजाहबाट एअर अरेबियाको उडानमार्फत्नेपाल आइपुगेकी थिइन् । प्रहरीले जाँचका क्रममा सुन फेला पारेको हो ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया