रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाण्डौमा

 असार ४, २०८२ बुधबार १५:१४:४२ | रासस
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाण्डौ ल्याएर वितरण गर्न शुरू भएको छ । काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि रिबर्मा खोलाबाट पानी ल्याएर वितरण गर्न शुरू भएको हो ।

काठमाण्डौमा बर्खाको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्कीको सफल परीक्षण भइसकेको छ । परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै सोमवार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाण्डौ ल्याएर हिजोदेखि नियमित रूपमा वितरण शुरू गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवम् इन्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिनुभयो ।

मेलम्ची आयोजनाको हेडवक्र्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाण्डौ ल्याई वितरण शुरू गरेको उहाँले बताउनुभयो ।

अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र बर्खाको बेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाण्डौ ल्याउने गरी तयारी गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अन्तिम अपडेट: असार २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया