इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाण्डौमा प्रदर्शन

 असार ४, २०८२ बुधबार १८:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इजरायल र इरानबीचको युद्धको अन्त्यको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डाैमा प्रदर्शन गरेको छ ।

समाजले आज काठमाण्डाैमा रहेकाे इजरायल दूतावास र इरानी वाणिज्य दूतावास अगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानव अधिकार तथा शान्ति समाजले शुरू गरेको युद्धका विरुद्धको अभियान स्वरूप आज प्रदर्शन भएको हो ।

समाजकी सभापति रेनुका पौडेलले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताउनुभयो । इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरेको उहाँकाे भनाइ छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानव अधिकारलाई सम्मान गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउनुभयो । इजरायलले पहिले युद्ध शुरू गरेका उसले नै शान्तिका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थापक सभापति पहाडीले युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: असार २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया