अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्कनुभएको छ । यसअघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गर्नुभएकोमा हिजो उच्च अदालत पाटनले निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशपछि पाण्डे आजदेखि काममा फर्कनुभएको हो । उहाँले आज सुन्धारामा रहेको महानगर प्रहरी बलको कार्यालयमा हाजिर गरेर आफ्नो ड्युटी शुरू गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई पाण्डेले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै छानबिन समिति बनाएर निलम्बन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।