अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दो...
असार २५, २०८२ बुधबार
काठमाण्डाै – हिजो सामान्य घटेको शेयर बजार आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त, अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै १० अङ्कले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।