आलमलाई सफाइ दिने २ न्यायाधीश न्याय परिषद्‍मा तानिए

 असार ५, २०८२ बिहीबार १८:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश न्याय परिषद्‍मा तानिएका छन् ।

न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेपछि न्याय परिषद्ले छानबिनका लागि तानेको हो ।

जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबालगायतले न्याय परिषद्‍मा उजुरी दिएका थिए ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया