हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै पानी पर्‍याे

 असार ५, २०८२ बिहीबार १८:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – अहिले कोशी प्रदेशको झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा पानी परिरहेको छ । यस्तै बागमती प्रदेशको भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाहरूमा पनि पानी परिरहेको छ ।

मधेश र लुम्बिनीका केही जिल्लाहरूमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मकवानपुरको हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै पानी परेको भन्दै नदी तटीय क्षेत्र र आसपासमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र भक्तपुरको नगरकोटमा पनि ठूलो पानी परेको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया