बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डाै – कैलालीमा कैदीको ज्यान गएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दामा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति उपचारका क्रममा ज्यान गएको थियो ।
पालीको मृत्युपछि पीडित परिवारले हत्या भएको भन्दै सई नाथविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी आएपछि नाथलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो ।
बैंकिङ कसूर मुद्दामा सई नाथले नै पालीविरुद्ध जाहेरी दिएका थिए । आफन्तले पालीको शरीरमा चोटपटक देखिएको हुँदा उनको कुटपिट गरी हत्या भएको दाबी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।