भिरबाट लडेर रुकुममा दुई जनाको ज्यान गयो

 मंसिर २६, २०७५ बुधबार १८:२३:२२ | राजु लामिछाने

रुकुम पूर्व – भिरबाट लडेर रुकुम पश्चिमका एक जना र रुकुम पूर्व एकजना गरेर दुई जनाको ज्यान गएको छ । 

रुकुम पूर्वको जिल्लाको सिस्ने गाउँपालिका–२, प्वाङका ५९ वर्षीय पुरवीर रोका र रुकुम पश्चिम मुसिकोट नगरपालिका–७, साँखका १२ वर्षीय रमेश सुनारको भिरबाट लडेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सिस्ने गाउँपालिका–६, अमलाचौर खोलामा माछा मार्न गएका सुनार बुधबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेको बताइएको छ । लडेर घाइने भएका सुनारको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

त्यस्तै, रोका गत सोमबार राति गाउँबाट घर जाँदै गर्दा लडेको भए पनि मंगलबार साँझ मात्र शव फेला परेको थियो । प्वाङको सुद्रीमा बाटोभन्दा झण्डै एक सय मिटर तल रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया