धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको छ । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो ।
इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेको राष्ट्रपति ट्रम्पले जानकारी दिएको बीबीसीले जनाएको छ । अब शान्तिका लागि पहलकदमी अगाडि बढाउनुपर्ने समय आएको अमेरिकी राष्ट्रपतिको भनाइ छ । इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्नेमा उहाँको जोड छ ।
इजरायलले इरानमा गएको जुन १३ देखि आक्रमण शुरु गरेको थियो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताउनुभएको थियो । इरानमाथि अमेरिकी आक्रमणलगत्तै उहाँले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिको विवरण आउनसक्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।