हमासले इजरायलबाट अपहरण गरेकामध्ये थप ३ जनाको शव फेला

 असार ८, २०८२ आइतबार १८:३७:२८ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

प्यालेस्टिनी विद्रोही समूह हमासले २० महिनाअघि इजरायलबाट अपहरण गरेकामध्ये थप ३ जनाको शव फेला परेको छ ।

बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा फेला परेको इजरायली सेनाले जनाएको छ । उनीहरू सन् २०२३ को अक्टोबर ७ मा अपहरणमा परेका हुन् ।

त्यस दिन हमासले इजरायलमा आक्रमण गरेर १ हजार २ सय १९ जनाको हत्या गर्नुका साथै २ सय ५१ जनालाई अपहरण गरेको थियो । बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन् । यसमध्ये २७ जनाको ज्यान गइसकेको इजरायली सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९ सय ८ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्कलाई भरपर्दो मानेको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया