कपिलवस्तु, काठमाण्डौ र गोरखाका नदी, खोला आसपासमा बाढीको जोखिम

 असार ८, २०८२ सोमबार ५:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । काठमाण्डौ र आसपासमा अहिले पानी पर्न रोकिएको छ, अरु केही ठाउँमा भने परिरहेको छ ।

पछिल्लो ३ घण्टामा कपिलवस्तु, दाङ, नवलपरासी, पाल्पा, चितवन, गोरखा, उदयपुर, बारा, सिराहा, सप्तरी लगायतका ठाउँमा ठूलो पानी परेको छ ।

कपिलवस्तुको सुरई खोलालगायत अरु साना खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मध्यरातको वर्षाले काठमाण्डौको विष्णुमती, बागमती र धोवीखोलामा ठूलो बाढी आए पनि अहिले घटेको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै गोरखाको गोरखा एग्रोमेट वर्षामापन केन्द्रमा पनि ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । पानी परिरहेका अरु ठाउँका नदी, खोला आसपासमा पनि सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भेलबाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया