पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा प...
असार २५, २०८२ बुधबार
काठमाण्डौ – यतिबेला काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
राति पानी परे पनि सडकमा समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ । तर पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने, दुम्कीवास क्षेत्रमा भने सडक हिलो र चिप्लो भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको छ ।
यस क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । दिउँसोको समयमा पनि गाडी सञ्चालनमा समस्या रहेकाले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । केही दिनमा नयाँ पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ ।
यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्डमा हिजो र आज दुई दिनको लागि राति १० बजेदेखि बिहान तीन बजेसम्म ५ घण्टा सडक बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।